कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि चीनले नेपाल (चीन–नेपाल सीमा) छेउछाउका क्षेत्रमा लकडाउन गरेको छ। यस कारबाहीअन्तर्गत नेपालसँग जोडिएका रसुवागढी र तातोपानी नाका सिल गरिएको छ। जसका कारण नेपालको सयौं कन्टेनर चीनमा अड्किएका छन्। चीनको यो निर्णयप्रति नेपालका व्यापारीमा चर्को आक्रोश छ। चीनले यही १० अगस्तदेखि तातोपानी नाका र १४ अगस्तदेखि रसुवागढी नाका बन्द गरेको छ। व्यवसायीमा बढ्दो असन्तुष्टिका कारण नेपालका विदेश मन्त्री नारायण खड्काले चीनसँग जोडिएका क्षेत्रको भ्रमण गरी अवस्थाबारे जानकारी लिएका छन्।
नेपालमा चाडपर्वका कारण नेपालका व्यापारीले चीनबाट लुगा, इलेक्ट्रोनिक सामान, जुत्ता, खाद्यवस्तुलगायतका सामान ठूलो परिमाणमा भित्र्याउने गरेका छन्। नेपालका व्यापारीका अनुसार चीनले कोभिडको नाममा सीमा नाका सिल गरेको छ। जसका कारण नेपालका जनताले धेरै समस्या भोग्नु परेको छ। यी दुई नाकामा तीन सयभन्दा बढी नेपालका व्यापारीका कन्टेनर अलपत्र परेका छन्। नेपालका व्यापारीहरू वर्षभरी नै यी चाडपर्वको पर्खाइमा रहेकाले मनग्य आम्दानी गर्छन्।











