गान्तोक: योजना अनि विकास विभागको पहलमा आज राजधानीस्थित सम्मान भवनमा आयोजित सिक्किम इन्सपायर्स अनि उन्नयन सर्वेक्षणको निम्ति आयोजित अभिमुखी कार्यक्रममा राज्यका मुख्यमन्त्री प्रेम सिंह तामाङले सहभागिता जनाए। यस अवसरमा सिक्किम इन्सपायर्सले आगामी पाँच वर्षको निम्ति पहल गरेको दिगो विकास, रोजगार सृजना अनि सार्वजनिक सेवाहरूमा सुधारमा केन्द्रित संस्थाको पञ्चवर्षीय योजनाको रूपरेखाबारे प्रस्तुत गरियो। सोही प्रकारले लिङ्ग अनुपात, र सामाजिक-आर्थिक अवस्था सहित जनसंख्या जनसांख्यिकीमा अन्तर्दृष्टि प्रदान गर्दै उन्नयन सर्वेक्षणबारे छलफल गरियो। यस अवसरमा मुख्यमन्त्रीले फुर्वा छिरिङ लामा निर्देशित चलचित्र ‘जार’को पोस्टर पनि सार्वजनिक गरे।