दार्जिलिङ: आज गोरामुमो दार्जीलिङ ब्राञ्च कमिटीद्वारा गोर्खा एकर्डको दिन पालन गरेका छन्। २२ अगस्त १९८८ को दिन गोर्खाहरुका लागि एेतिहासिक दिन हो कारण गोर्खाहरुले किपट पाएको दिन हो भनी दार्जीलिङ ब्राञ्च कमिटीका प्रवक्ता संजोक गुरुङले पत्रकारहरुलाई जानकारी दिएका छन्। दार्जीलिङ ब्राञ्च कमिटी कार्यालयमा सम्पन्न भएको कार्यक्रममा १४ वटा समष्टिका प्रतिनिधिहरुको उपस्तिथि रहेको जानकारी प्राप्त भएको छ।

त्यसरी नै गोरामुमो कालेबुङद्वारा दार्जीलिङ गोर्खा पार्वत्य परिषदको सम्झौता दिवस पालन गर्दैै डम्बर चोकमा पोस्तरिङ गरिएको छ। १९८८ सालको आजकै दिन केन्द्र सरकार राज्य सरकार अनि गोरामुमोमाझ उक्त सम्झौता भएको थियो। उक्त दिनको स्मरण गर्दैै गोरामुमो कालेबुङ वर्किङ कमिटिद्वारा संस्थापक अध्यक्ष सुवास घिसिङप्रति आभार जनाईएको छ। यसरी नै पत्रकार सम्मेलनमार्फत् वर्किङ कमिटि सचिव लोप्साङ तामाङले उक्त समझौता गोर्खाको निम्ति महत्वपूर्ण रहेको बताएका छन्। यसरी नै उनले भाजपाको संकल्प पत्रमा उल्लेख गरिएको पीपीएस झट्ट पूरा गर्नुपर्ने मांग राखेका छन्।











