अलिपुरद्वार: रक्सी पिएर घरमा अशान्ति सिर्जना गरेको भन्दै परिवारका सदस्यहरूले एक जना पुरुषको हातखुट्टा बाँधेर राखेका थिए। उक्त व्यक्ति दिनहुँ रक्सी सेवन गरेर घरमा आएर समस्या सिर्जना गर्ने गरेको बताइएको छ। बिहीबार पनि रक्सी पदार्थ सेवन गरेर घर आएर अशान्ति गरेको आरोप छ। यसबाट दिक्क भएर परिवारले हात खुट्टा बाँधे। पछि सबै आफ्नो काममा व्यस्त भए। पछि परिवारका सदस्यले डोरी खोल्न खोज्दा ती व्यक्ति मृत भेटियो।
यो घटनापछि अलिपुरद्वार जिल्लाको कुमारग्राम ब्लक अन्तर्गत पूर्वी शालबारी घोल्नीको घाटसँग जोडिएको क्षेत्रमा सनसनी फैलिएको छ। मृत्यु हुनेको नाम राफेल मिन्ज (४५) बताइएको छ। उनीहरु डराएर शवलाई घरभित्र लगे ।शुक्रबार यो कुरा थाहा पाउने बित्तिकै बारोबिसा थानाको पुलिस घटनास्थलमा पुगेर शव बरामद गरी पोस्टमार्टमको लागि अलिपुरद्वार जिल्ला अस्पतालमा पठायो। पुलिसले सम्पूर्ण घटनाको अनुसन्धान शुरु गरेको छ।