लुटपाटको उद्देश्यले भेला भएको शंकामा तीन लुटेरा पक्राउ

IMG-20240920-WA0283-copy

 सिलगढी: लुटपाटको उद्देश्यले भेला भएको शंकामा तीन जनालाई पुलिसले पक्राउ गरेको छ। पुलिस स्रोतका अनुसार सिलगढीको वार्ड नम्बर २९ मा रहेको अरविन्द प्राथमिक विद्यालयको मैदानमा लुटपाटको उद्देश्यले भेला भएको शंकामा तीन जनालाई पक्राउ गरिएको छ। हिजो दिउँसो ३ बजेतिर गोप्य सूचनाका आधारमा सादा पोशाकमा पुलिसले छापा मारेको थियो  पक्राउ पर्नेमा २० वर्षीय निकी दास, ३१ वर्षीय पवनकुमार सिंह र २० वर्षीय अजय बर्मन रहेका छन्। सोधपुछका क्रममा उनीहरु बाबुपाडा क्षेत्रको टिकियापाडामा लुटपाट गर्ने उद्देश्यले भेला भएको खुलेको बताइएको छ। आज तीनै जनालाई सिलगढी अदालतमा पेश गरियो।

About Author

Advertisement