पानीघट्टा: सौरेनी समष्टिअन्तर्गत जन जागरूक संङ्कल्प परिवार चवाधुरा (मेची) ले आज ३०ओैं नेपाली भाषा दिवस स्थानीय सार्वजनिक भवनमा भब्यताको साथ पालन गरे। बिमल प्रधानको अध्यक्षतामा सम्पन्न कार्यक्रमलाई संचालन रजीन खवासले गरेका थिए। प्रमुख अतिथि डाक्टर सुचन प्रधान रहेका थिए भने अतिथिहरूमा अर्जुन प्रधान गंगा प्रसाद तारा घिमिरे कबिर प्रधान बालकुमार प्रधान र अरूण खवास रहेका थिए। कार्यक्रम शुरू हुन अघि राष्ट्रिय गित प्रस्तुत गरे भने भाषा आन्दोलन का सहिदहरू प्रति एक मिनटको मौनधारण गरे। स्वागत बक्तब्या अनिशा प्रधानले राखेका थिए। प्रमुख अतिथि डाक्टर प्रधानले शहरमा भन्दा गाँउमा हाम्रो भाषाको मान मर्यादा र शुद्व हुन्छ भन्दै शहरमा बिभिन्न जाति रहने हाम्रो नेपाली भाषाले शुद्वता पाएको हुँदैन र हाम्रो भाषा गाँउमा बाँचेको हुन्छ भनि बताए। जागरूक संङकल्प परीवार चवानधुराले धेरै सामाजिक कार्यहरू गर्दै आईरहेको र स्थानीय भाई बहिनीहरूलाई सही मार्गदर्शन गराईरहेको धन्यवाद पनि दिए। भाषा मान्यता दिवस आज किन पालन गर्न पर्यो भनि रजीन खवासले जनाएअनुसार २० तारिख सबै संघ संस्था राजनीतिक पार्टीहरूले पालन गर्ने भएकोले २१ तारिख पालन गर्ने निर्णय भएकोले नै सम्पन्न गरेको बताए। आजकै कार्यक्रममा दैनिक समाचार पत्रिका हिमालय दर्पणका तराईका पत्रकार अरूण खवासलाई नेपाली पत्रिकामा कर्म निष्ठ भएर कार्य गरेकोमा सम्बर्द्धन जनाए। सम्बर्द्धन दोसाल ओडाए भने सम्बर्द्धन पत्र प्रज्वल खवासले पाठन गरे। सम्बर्द्धन व्यक्तित्व सामाजिक कार्यमा बिमल प्रधान र शिक्षाको क्षेत्रमा डाक्टर सुचन प्रधानलाई पनि सम्मान पत्र र दोसाल ओडाएर सम्मान जनाए। यस वर्षको माध्यमिक र उच्च माध्यमिकमा राम्रो प्रतिशत ल्याउने विद्यार्थीहरूलाई पनि सम्मान जनाए। कार्यक्रममा नेपाली नृत्य र नेपाली गितहरू प्रस्तुत गरे। कार्यक्रमको अन्तमा सौरेनी समष्टिका सभासंद अरूण सिंग्ची पनि आई पुगेपछि सिंग्चीलाई पनि सम्मान जनाए भने सिंग्चीले चवानधुराको सार्वजनिक भवनको शौचालय र किचन घर निमार्ण गरिदिने साथै गाउँको बाटो चाँडै बनाईदिने बाचा पनि गरे।