सडक दुर्घटनामा एक जनाको मृत्यु, आक्रोशित भीडले गाडीमा आगजनी

IMG-20240621-WA0012-1

अलिपुरद्वार: अलीपुरद्वारको राष्ट्रिय राजमार्ग नम्बर ३१ को पानीलगुरी क्षेत्रमा मोटर व्हीकल विभागको गाडी र मोटरसाइकल एक आपसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ।
आज साँझ मोटर व्हीकल विभागको गाडी र मोटरसाइकल एक आपसमा ठोक्किँदा दुर्घटना भएको जनाइएको छ। जसका कारण मोटरसाइकलमा सवार व्यक्तिको सडकमा खसेर घटनास्थलमै मृत्यु भएको हो। सोही क्रममा गाडीमा को को थिए भन्ने प्रश्न उठेको छ। तर गाडीमा दुईजना सवार रहेको तर अवसर देखेर उनीहरु घटनास्थलबाट भागेको स्थानीयले बताएका छन्।घटनापछि आक्रोशित भीडले केहीबेर राष्ट्रिय राजमार्ग अवरुद्ध गरी गाडी तोडफोड र आगजनी गरेका थिए। अर्कोतर्फ घटनाको जानकारी पाउनासाथ ठूलो संख्यामा प्रहरी टोली घटनास्थलमा पुगेर स्थिति नियन्त्रणमा लिएको छ। यस सम्बन्धमा अलिपुरद्वार एसडीपीओले भने कि सम्पूर्ण घटनाको अनुसन्धान भइरहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement