विधाननगर क्षेत्रबाट ४७ वटा भैंसी बरामद

IMG-20240920-WA0236

 सिलगढी: गोप्य स्रोतहरूबाट प्राप्त जानकारीको आधारमा विधाननगर थानाको पुलिसले शुक्रबार सिलगढीको महाकुमार फणसिडेवा ब्लकको दंगापाडा क्षेत्रमा छापा मारेर ४७ वटा भैंसी बरामद गरेको छ। यी भैँसीहरू कन्टेनरमा ओसारपसार भइरहेको थियो कन्टेनर जफत गरियो। साथै चालकलाई पनि पक्राउ गरी पुलिस  चौकीमा राखिएको छ। अभियुक्तको नाम एमडी फरमान आलम (२४) हो। कन्टेनरबाट ४७ वटा भैँसी बरामद भएको विधाननगर पुलिस चौकीले जनाएको छ। उद्धार गरिएका भैँसीहरू बंगलादेश तस्करीका लागि बिहारबाट असम लगिएको थियो। यद्यपी यस घटनामा अन्य कोही संलग्न छन् वा छैनन् भन्ने अनुसन्धान भइरहेको छ। अभियुक्तलाई सिलगढी डिभिजन अदालतमा पेश गरियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement