मिरिकको फुवागढीमा अन्तर विद्यालय भलिवल टुर्नामेन्ट शुरु

IMG-20220822-WA0146.jpg

मिरिक: फुवागढी उच्चत्तर माध्यमिक विद्यालय अनि लेस्टस् गो फाउन्डेसन फुवागढी ब्राञ्चको संयुक्त अायोजनामा इन्टर स्कूल भलिबल ट्रुनामेण्ट अाजदेखि शुरु भएको छ। मिरिक पुलिस थानाका पीएसअाई दिपक रोयको प्रमुख आतिथ्यमा सम्पन्न भएको उक्त उद्घाटन खेलमा सम्पन्न समारोहमा अध्यक्षता फुवागढी जुनियर बेसिक स्कूलका प्रधानाध्यापक सेवन लामाले गरेका थिए। अन्य विशिष्ट अतिथिहरुमा फुवागढी उमाविका शिक्षक प्रभारी पेमा लामा, सहशिक्षक अशोक घिसिङ, हिमालयन नर्सरी स्कूलका प्राचार्य अम्बर अाले लेट्स ग‍ो फाउन्डेसनका अध्यक्ष राकेश ढकाल लगायतका अतिथिहरुको उपस्थिति रहेको थियोे।

अतिथिहरुको बाहुलीबाट पानसमा दीप प्रज्जवलन गरी खेल समारोहको शुभारम्भ गरियो। प्रमुख अतिथि पीएसअाई दिपक रोयले भलिबलको कोर्टमा पुगि बल सर्विस् गरेर खेल समारोहको थालनी गरिदिएका थिए। आज सम्पन्न भएको प्रथम महिलातर्फको खेलमा अरेञ्ज लेक स्कूल मिरिक बनाम ग्रीनलन अंग्रेजी स्कूलमाझमा भएको खेलमा अरेञ्जलेकले दुईवटा सेट जितेर अघिल्लो राउन्डमा प्रवेश गरेको छ भने दोस्रो खेलमा मिरिक उमावि बनाम लुविस अंग्रेजी स्कूलमाझमा भएको खेलमा लुविस अंग्रेजी स्कूलले जीत दर्ता गरेको छ। उसरी नै पुरुष तर्फको खेलमा ग्लेनमोर इन्टरनेशनल स्कूल बनाम ग्रीनलन स्कूलमाझमा भएको खेलमा ग्लेनमोर इन्टरनेशनल स्कूल विजय बनेका छन्। उसरी नै दोस्रो खेलमा ब्लुबेल अंग्रेजी स्कूल पानीघट्टा बनाम लुविस अंग्रेजी स्कूलमाझमा भएको खेलमा लुविस अंग्रेजी स्कूल विजय बन्यो भने तेस्रो खेल स्नोड्रप्स अंग्रेजी स्कूल मिरिक बनाम पाइनहल एकाडमी माझमा भएको खेलमा स्नोड्रप्स अंग्रेजी स्कूल बिजय बन्यो। फुवागढी सार्वजनिक भवन परिसरको खेल मैदानमा भईरहेको उक्त खेलमा मिरिक महकुमाभरिका सरकारी साथै गैर सरकारी स्कूलबाट १२ वटा स्कूलहरुले यसमा अंश ग्रहण गरेका छन्। विद्यार्थीहरुलाई शैक्षिक पठन पाठनसितै खेलकूदमा पनि अग्रगामी बनाउन अनि शारीरिक साथै मानसिक विकासका लागि खेलकूद अनिवार्य रहेको बताउँदै विद्यार्थी अवस्थादेखि नै खेलकूदमा अभिरुचि जगाउने उद्देश्यले यो भलिबल खेलकुद समारोहको अायोजना गरिएको अायोजक समितिले जनाएको छ। आजको उदघाटन खेल समारोहलाई फुवागढी उमाविका सह शिक्षक बालकृष्ण शर्माले सञ्चालन गरेका थिए। खेलमा निर्णायक गणमा गगन राई अनि रविन सुनार रहेका थिए। उक्त खेल समारोह को फाइनल खेल २५ अगस्टको दिन विविध कार्यक्रमहरूबीच हुने पनि अायोजक समितिले जनाएको छ।

About Author

Advertisement