घैयाबारी ग्राम पञ्चायत तीनमा स्वच्छता नै सेवा अभियान कार्यक्रम जारी

IMG-20240920-WA0243

खरसाङ: प्रधानमन्त्री नरेन्द्र मोदीले देशभरि नै १७ सेप्टेम्बरदेखि २ अक्टोबरसम्म स्वच्छता ही सेवा पखवाडाक रूपमा पालन गरिरहेको छ। यसै अनुसार दार्जिलिङ पहाड़को विभिन्न ग्राम पञ्चायतहरूमा पनि स्वच्छता सेवा अभियान चलिरहेको छ। यस अन्तर्गत खरसाङ खण्ड अन्तर्गत पर्ने १४ वटै ग्राम पञ्चायतहरूमा विगत १७ सेप्टेम्बरदेखि स्वच्छता सेवा अभियान कार्यक्रम चलिरहेको छ भनेैयस कार्यक्रम अन्तर्गत विभिन्न सर सफाई अभियान पनि चलिरहेको छ। सबै ग्राम पञ्चायतहरूले विभिन्न स्वनिर्भर दलहरू, आँगनवाडी कर्मीहरू, भीबीडी कर्मीहरू लगायत स्थानीय समाजहरू र विद्यालयहरूसित मिलेर सफाई अभियान कार्य सञ्चालन गरिरहेका छन्। यसै क्रममा खरसाङ खण्ड अन्तर्गत घैयाबारी ग्राम पञ्चायत तीनमा पञ्चायत प्रधान सुष्मा वाईबाको अगुवाईमा सफाई अभियान गरिरहेको जानकारी प्राप्त भएको छ। घैयाबारी ग्राम पञ्चायतले घैयाबारी क्षेत्रको प्राथमिक पाठशाला र विद्यालयसित मिलेर पाठशालाहरू, विद्यालयहरू र आँगनवाडी केन्द्रहरू र अन्य स्थानहरू सफाई गर्ने कार्य गरिरहेको छ।

यस विषयमा घैयाबारी ग्राम पञ्चायत तीनको पञ्चायत प्रधान सुष्मा वाईबाले विस्तृत रूपमा जानकारी गराएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement