खरसाङ: यसपाली चियाबारी श्रमिकहरूलाई बीस प्रतिशतको दरले कुनै पनि हालतले बोनस दिएको हुनुपर्छ। यदि चियाबारी श्रमिकहरूलाई बीस प्रतिशत बोनस नदिएको खण्डमा श्रमिकहरूले तल माथि केही कदम उठाएको खण्डमा त्यसको जिम्मेवारी स्थानीय सरकार र ट्रेड युनियनहरूले लिएको हुनुपर्छ भनी खरसाङको वार्ड नम्बर 5 मा रहेको सामी लाखाङ गुम्बाको बौध्द धर्म गुरु पेम्बा रिम्पोर्छेले आज खरसाङमा बताएका छन्। उनले पत्रकारहरूलाई सम्बोधन गर्दै धेरै वर्षदेखि बीस प्रतिशत बोनस दिन्दै बोनस यसपाली कुनै पनि हालतमा बीस प्रतिशतक दरले चियाबारी श्रमिकहरूलाई बोनस दिएको हुनुपर्छ भनी मांग गरेका छन्। उनले नेपाली गोर्खाहरूको महान् चाढ़ बढ़ा दशैं नजिकै रहेकोले झट्टै चियाबारी श्रमिकहरूलाई बीस प्रतिशतको दरले बोनस दिनुपर्छ भनी मांग गरेका छन्। बौध्द धर्म गुरु पेम्बा रिम्पोर्छेले यसपाली दशैंको मुखमा बन्द भएका चियाबारीहरूको श्रमिकहरूलाई जीटीएले केही सहायता दिनुपर्छ भनी मांग गरेका छन्। उनले आरोप लगाउँदै भने, ‘जीटीएको कुर्सीमा बस्नेहरूले आफ्नो स्थापना दिवसमा मिरिकमा लाखौं रूपियाँ खर्च गरेको छ र अब बन्द चियाबारीहरूका श्रमिकहरूलाई पनि दशैंको लागि सहयोग गरेको हुनुपर्छ। जीटीएले संकलन गरेको जीटीए रिलिफ फण्ड बन्द चियाबारीहरूका श्रमिकहरूलाई वितरण गरेको हुनुपर्छ। जीटीएको चौकीमा बस्नेहरूले यत्ति पनि गर्नु सक्दैन भने जीटीएको रध्द गर्दा हुन्छ।’