भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा सिमलबारी ब्लक कमिटी गठन

IMG-20240920-WA0220

खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा सिमलबारी ब्लक कमिटीको पूर्ण गठन गरिएको छ। यसको निम्ति सुकना पानीघट्टा समष्टीको सभासद परेश तिर्कीको सभापतित्वमा एक सभाको आयोजना गरियो। सभामा जीटीएका मनोनित सभासद तथा भागोप्रमो खरसाङ महकुमा समिति महासचिव प्रणाम रसाइली, सुकना ग्राम पञ्चायत प्रधान मञ्जु उराँव लगायत सिमलबारी ग्राम पञ्चायतका सदस्य एवम् पार्टी सदस्यहरूको उपस्थिति रहेको थियो। नव गठित यस समितिमा सभापति बिक्रम दर्जी, उपसभापतिहरू प्रकाश सन्यासी अनि विष्णु सौरिया, सचिव मणि कुमार छेत्री, सहसचिवद्वय प्रभात उराँव अनि भानु मुण्डा, कोषाध्यक्ष जोहोन छेत्री, सहकोषाध्यक्ष दुर्गा शर्मा, मुख्य सल्लाकार सभासद परेश तिर्की, सल्लाकारहरू सुरेश टोप्पो, सुकमल उराँव, राखी मालपारिया अनि भोला पासवान रहेका छन् भने कमिटीमा मोठ सातजनालाई कार्यकारी सदस्यको रूपमा राखिएको छ। सभालाई सभासद परेश तिर्की, प्रणाम रसाइली लगायत अन्यहरूले सम्बोधन गरेका थिए।

सभापछि पत्रकारहरूसँग कुराकानी गर्दै प्रणाम रसाईलीले आज गठित प्रतिनिधिहरूको परिचय गराए भने आगामी मंगलवार अनु प्रधानको विशेष उपस्थितिमा नारी शक्तिको गठन हुने जानकारी दिए। उनले अबउसो कुनै पनि काम कुराहरू आउँछन् भने पार्टीको शाखा समितिबाट अनुमोदन हुनुपर्छ भन्दै सबै कुरा सिस्टममा चले असल हुने जनाए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement