श्रमिकहरूकाे हितमा सबै एक हुनपर्छ: सभासद अरूण सिंग्ची

IMG-20240920-WA0216

मिरिक: चिया श्रमिकहरूकाे हितमा सबै राजनैतिक दलहरू आफ्नाे झण्डालाई केही समय पर सारेर चिया श्रमिकहरूले एक किस्तामा बीस प्रतिशतले बाेनस पाउनु पर्ने माग तीब्र गरिरहेकाे जीटीएका कार्यकारी सभासद एंव भागाेप्रमाे श्रमिक संगठनका मिरिक महकुमा संयाेजक अरूण सिग्चीले बताएका छन्। उनले चिया श्रमिकहरूले एक किस्तामा बीस प्रतिशतमा बाेनस पाउनु पर्ने मागमा पहाडका सम्पूर्ण राजनैतिक दलका श्रमिक संगठनहरूले विभिन्न चिया कमानहरूमा गेट मिटिङ गरिरहेकाे जानकारी गराउँदै चिया श्रमिकहरूले बीस प्रतिशतमा बाेनस पाउनु पर्नेछ।याे चिया श्रमिकहरूकाे माैलिक अधिकार हाे भनी बताएका छन्।उनले जसरी मालिकवर्गले चिया श्रमिकहरूलाई वर्षभरि काम गराउन लगाउँछ उसरी नै चिया श्रमिकहरूकाे परिश्रमकाे फल पनि मालिकवर्गले चिया श्रमिकहरूलाई प्रदान गर्नुपर्छ भन्दै बाेनसकाे समय जहिले पनि चिया श्रमिकहरूलाई सताउने कार्य अब मालिक पक्षले बन्द गर्नुपर्छ भनी बताएका छन्।अर्काेतिर आज श्रमिक संगठनहरूले संयुक्त रूपमा मिरिक महकुमा अन्तर्गत सिङ्बुली चिया कमानमा गेट सभाकाे आयाेजना गरेर चिया श्रमिकहरूलाई एक किस्तामा बीस प्रतिशतले बाेनस वितरण गरिनु पर्ने मागमा आवाज तीब्र गरेकाे छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement