दुधमा पाउडर मिसाएपछि मिरिक नगरपालिकाले एउटा डेरीको लाईसेन्स रद्द गर्ने

IMG-20240920-WA0214

मिरिक: स्वास्थ एंव जन कल्याण विभाग अनि मिरिक नगरपालिकाकाे सेनीटेरी विभागले आज मिरिक बजार अनि कृष्णनगरकाे दूध बिक्री गर्ने पसलहरूकाे स्थलगत भ्रमण अनि निरीक्षण गरी दूधकाे शुद्धता जाँच्ने कार्य गर्याे। यस अवसरमा मिरिक नगरपालिका अध्यक्ष एलबी राई, खाद्य सुरक्षा अधिकारी जीमी राेय सरकार अनि मिरिक नगरपालिकाका सेनटेरी अफिसर महिन्द्र प्रधान आदि पनि उपस्थित थिए।जाँचपछि पत्रकारहरूसित कुराकानी गर्दै मिरिक नगरपालिका अध्यक्ष एलबी राईले जाँचकाे अवधि यहाँकाे एउटा डेरीमा दूधमा पाउण्डर मिसाएकाे भेट्टाइएकाे अनि अझ जाँचकाेलागि त्यहाँकाे दूध ठूलाे ल्यापमा पठाइएकाे बताए। उनले जति पनि निरीक्षणमा दूधहरू मिसावटी भेटिएकाे छ।उनीहरूकाे मिरिक नगरपालिकाले लाइसेन्स रद्ध गर्नेछ भनी बताएका छन्। उनले हामी मानिसकाे स्वास्थसित खेलवाड हुनु दिने छैनाैं भन्दै जसले दुई नम्बरी काम गर्छ उसलाई आवश्य मिरिक नगरपालिकाले कार्यवाही गर्नेछ भनी बताएका छन्।

उनले मानिसहरूले सित्थैमा दूध खाँदैन। उनीहरूले पनि रूपियाँ दिएर नै दूध किन्ने गर्छ। यस्तोमा हामी हाम्राे मानिसलाई ठगिनु दिदैनाैं भनी बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement