सिंगापुरमा मलको गेटमा शौच गर्दा पाए सजाय

00-1-Singapore

एक भारतीयले मलको गेटमा शौच गरेर लज्जित बनाएका छन्। सिंगापुरको मरिना बे स्यान्ड्सस्थित ‘द शप्स’ मलमा भएको घटना त्यहाँको अदालतले प्रवेशद्वारमै शौच गर्ने भारतीय निर्माण मजदुरलाई ४ सय सिंगापुर डलर जरिवाना गरेको छ। यो घटना गत वर्ष ३० अक्टोबरमा भएको थि । ‘टुडे’ नामक पत्रिकामा प्रकाशित समाचार अनुसार निर्माण मजदुर (३७) रामु चिन्नरसाले पर्यावरणीय जनस्वास्थ्य (सार्वजनिक सरसफाई) नियमावली अन्तर्गत दोष स्वीकार गरेका छन्। वास्तवमा गत वर्षको अक्टोबरमा फेसबुकमा घटनाको एउटा तस्बिर सार्वजनिक भएको थियो, जसलाई करिब दुई दिनमा १५०० भन्दा बढी ‘लाइक’, १७०० कमेन्ट र ४ हजार ७०० पटक शेयर गरिएको थियो। अखबारमा प्रकाशित समाचार अनुसार रामुले यसअघि ‘मरीना बे स्यान्ड्स क्यासिनो’ मा तीन बोतल रक्सी पिएर जुवा खेलेका थिए। उनी बिहान करिब पाँच बजे क्यासिनोबाट निस्किए। उनी शौचालय जान चाहन्थे तर अत्याधिक रक्सीले मातेकाले शौचालय जान नसकेर मलको प्रवेशद्वारमै शौच गरे।

समाचार अनुसार मलको गेटमा शौच गरेपछि उनी ‘मरिना बे स्यान्ड्स’ बाहिर ढुङ्गाको बेन्चमा सुते। त्यसपछि बिहान करिब ११ बजे उनी क्रांजीस्थित आफ्नो ‘छात्रा’मा फर्किए। डेपुटी पब्लिक प्रोसिक्युटर (डीपीपी) अदेल ताईले मारिना बे स्यान्ड्सका एक सुरक्षा अधिकारीले सोही दिन सामाजिक सञ्जालमा रामुको भिडियो देखे र पुलिस रिपोर्ट दर्ता गराए। ‘टूडे’का अनुसार मुद्दाको सुनुवाइका क्रममा जिल्ला न्यायाधीश क्रिस्टोफर गो इङ च्याङले रामुलाई भने, ‘यस्तो घटना होस् भनेर आफूलाई नशामा नराख्नुस्। फेरि यस्तो घटना दोहोरिएमा चर्को जरिवाना तिर्नुपर्नेछ। भविष्यमा यस्तो नहोस् भन्ने आशा राखेको छु।‘

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement