जीटीएको बागवानी विभागबाट सुन्तलाको बिरुवाहरू वितरण

IMG-20240920-WA0212

खरसाङ: जीटीएको बागवानी विभागको तर्फबाट सुन्तलाको बिरुवाहरू वितरण गरिएको छ। बागवानी विभागको एमओडी सभासद प्रणाम रसाइलीक पहलमा खरसाङको गिध्द पहाड़स्थित जीटीएको सचिवालयमा विभिन्न प्राथमिक पाठशालाका शिक्षकहरूलाई सुन्तलाको बिरुवाहरू वितरण गरिएको छ। उक्त सुन्तलाको बिरुवाहरू सुकना, तीनधारे, महानदी, जंगपाना, लङ्भ्यु, दुधे, पंखाबारी, नरबुङ आदि क्षेत्रबाट आएका प्राथमिक पाठशालामटका शिक्षकहरूलाई वितरण गरिएको छ। उक्त सुन्तलाको बिरुवाहरू वितरण कार्यमा खरसाङ खण्ड पञ्चायत समितिको सभापति अनु छेत्री प्रधान, बागवानी विभागको बड़ाबाबु महेशजी लगायत विभागीय एमओडी सभासद प्रणाम रसाइली उपस्थित रहेका थिए।

उक्त सुन्तलाको बिरुवाहरू वितरण कार्य विषयमा पत्रकारहरूसित कुराकानी गर्दै बागवानी विभागको एमओडी सभासद प्रणाम रसाइलीले जीटीए प्रमुख अनित थापाले पञ्चायतराज प्रणाली फर्काएर ल्याएपछि काम गर्नु सुविधा भएको बताउँदै जीटीएको बागवानी विभागको तर्फबाट आज विभिन्न स्थानहरूबाट आएका प्राथमिक पाठशालाहरूका शिक्षकहरूलाई सुन्तलाको बिरुवा वितरण गरिएको बताएका छन्। उनले अबको केही दिनमा काउलोको विरूवाहरू वितरण गरिने जानकारी गराएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement