खोरीबारीमा पिकअप भ्यानबाट रु० ५ लाखको रक्सी बरामद

IMG-20240920-WA0129

सिलगढी: बंगाल-बिहार सीमामा रहेको खोरीबारी चेकपोष्टबाट चेकपोस्ट चेकिंगको क्रममा पुलिसले अवैध रक्सीको ९३ बोतल बरामद गरेको छ। खोरीबारी पुलिस चौकीले गएराति नाका चेकिङ गर्दा खोजीका क्रममा पिकअप भ्यानबाट मदिरा बरामद भएको हो। रक्सी भेटिएपछि पिकअप भ्यान जफत गरिएको छ। समाचार अनुसार पुलिसले पिकअप भ्यानलाई रोकेपछि चालक गाडी छाडेर भागे। त्यसपछि पुलिसले गाडीको खोजी गर्दा ९३ बोतल अवैध रक्सी बरामद गर्यो। पुलिस स्रोतका अनुसार ९३ बोतलमा ८३७ लिटर अवैध रक्सी बरामद भएको छ, जसको बजार मूल्य ५ लाख रुपियाँ अनुमान गरिएको छ। पुलिसले सम्पूर्ण विषयमा अनुसन्धान गरिरहेको छ। एसडीपीओ नक्सलबारी विनोद बिहारी मीनाले दुर्गा पूजाअघि निगरानी बढाइएको बताए। पिकअप भ्यानको नम्बरका आधारमा सम्पूर्ण विषयमा अनुसन्धान भइरहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement