भद्रपुर: मोरंगको रंगेली नगरपालिका वार्ड नंम्बर ५ स्थित ऐतिहासिक श्री राम जानकी मन्दिरमा दानपेटिका फोडेर पैसा चोर्ने प्रयास गर्ने एक व्यक्तिलाई स्थानीय युवाहरूले रंगेहात समातेका छन्।
रातको समयमा मन्दिरको दानपेटीमा चोरी गर्न खोज्दै गरेको अवस्थामा उनलाई समातिएको हो। चोरसँग तार काट्ने कैची, छुरा, र अन्य आपराधिक उपकरणहरू समेत फेला परेका थिए। अनुसन्धानबाट चोरी गर्ने व्यक्ति रंगेली वार्ड नंम्बर ६, ठाना टोलका निवासी भएको खुलेको छ। पक्राउ परेपछि उनलाई प्रहरीको नियन्त्रणमा राखिएको छ र हाल चोरीको मुद्दा चलाइएको छ।