जबरजस्ती करणीको अभियोगमा ६० वर्षीय वृद्ध पक्राउ

IMG-20240920-WA0171

भद्रपुर: ५६ वर्षीय महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन्। लालीगुराँस नगरपालिका–१ बस्ने भोजपुर साल्पासिलिछो गाउँपालिका–५ घर भएका ६० वर्षीय बाङठा भन्ने प्रेम तामाङलाई दिउँसो प्रहरीले पक्राउ गरेको हो।
तामाङले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय वसन्तपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement