केराबारीमा चाडपर्व नजिकिदै गर्दा चोरीका घट्ना वढ्दै

IMG-20240920-WA0049

भद्रपुर: माेरङकाे केराबारीमा दुले चोरहरुको वढ्दै गएका छन्।घरमा कोही नभएको मौका छोपेर घरायसी सामान, गरगहना लुटपाट तथा धनमाल चोरी गर्ने क्रम वढेको हो।
केराबारीमा केही दिन देखि श्रृङखलाबद्ध चोरीका घट्ना वढेको प्रहरीमा उजुरी आएको र कतिपय गाउलेहरुले पनि संकास्पद चोरहरुलाई निगरानी वढाईरहेको बेला गुरुबार साझ केराबारीमा एउटा घरमा चोरी गर्दागर्दै एकजना लागुऔषध प्रयोगकर्ता समातिएका छन्।
अनुग्रह चर्चसंगै सटेको घरको कोठाभित्र प्रवेश गरी दराज खोली चोरी गर्न लाग्दै गर्दा केराबारी ३ का रुपेश सार्कीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
उनी लागुऔषध प्रयोगकर्ता समेत रहेको बताइएको छ। यस अघि पनि विभिन्न समयमा केराबारी १०,३,७ बडा लगायतको विभिन्न स्थानहरुमा चोरीका घ्टना वढेको पाइएको छ। प्रहरीले १ जनालाई जेल चलान गरिसकेको र ३ जनालाई सुधार केन्द्रमा पठाइएको बताएको छ। यो अबस्था चाडबाङको समय सबैतिर सतर्कता अपनाउनु पर्ने घटना क्रमले देखाएको छl

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement