लटफेरको क्रम जारी राख्दै मालविका चीन ओपनको क्वार्टर फाइनलमा

IMG-20240919-WA0362

नयाँ दिल्ली: भारतकी युवा ब्याडमिण्टन खेलाड़ी मालविका बन्सोडले उत्कृष्ट प्रदर्शनको साथ उलटफेरको क्रम जारी राख्दै अनुभवी क्रिस्टी गिलमोरलाई पराजित गरी चाइना ओपन सुपर १००० टुर्नामेण्टको क्वार्टर फाइनलमा स्थान बनाइन्। अहिले विश्व ऱ्याङकिंगमा ४३औं स्थानमा रहने मालविकाले कमनवेल्थ गेम्समा दुईपल्टकी स्वर्ण पदक विजेता स्कटल्याण्डकी २५औं ऱ्याङकिंग भएकी गिलमोरविरुद्ध १ घण्टा ५ मिनटसम्म चलेको म्याचमा २१-१७, १९-२१, २१-१६-ले जीत हासिल गरिन्। म्याच जितेपछि मालविकाले भनिन्, म पहिलोपल्ट कुनै सुपर १००० टुर्नामेण्टको क्वार्टर फाइनलमा खेल्नेछु। यो सपना साकार हुनु बराबर हो अनि अहिलेसम्मको करियरको सबैभन्दा ठूलो उपलब्धि पनि। आजको म्याच रोमाञ्चक रह्यो अनि यस लयलाई कायम राख्न चाहन्छु। आज म धेरै खुशी छु। यसको एक दिन अघि मालविकाले पेरिस ओलम्पिककी काँस्य पदक विजेता ग्रेगोरिया मारिस्कालाई पराजित गरेकी थिइन्। क्वार्टर फाइनलमा उनको भिड़न्त दुईपल्टकी विश्व च्याम्पियन तथा चौथो वरीयता प्राप्त जापानकी अकाने यामागुचीसँग हुनेछ। टुर्नामेण्टमा मालविकालाई छोड़ेर अन्य सबै भारतीय खेलाड़ीहरूले बिदा लिइसकेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement