चेन्नई: भारतका रविचन्द्रन अश्विनले बंग्लादेशविरुद्ध पहिलो टेस्ट म्याचको पहिलो दिन नै वर्ल्ड रेकर्ड बनाए। उनले आफ्नो शतकीय ईनिंग्सको अवधि विशेष उपलब्धि हासिल गरे। अश्विनले आज आफ्नो छैटौं टेस्ट शतक बनाए। यसरी उनी टेस्टमा २० पल्ट ५० भन्दा अधिकको स्कोर बनाउन सफल भए। यसरी उनी क्रिकेट इतिहासका पहिलो खेलाड़ी बनेका छन्, जसको नाममा २० पल्ट ५० भन्दा अधिकको स्कोर अनि ३० पल्टभन्दा अधिक ईनिंग्समा ५ विकेटको रेकर्ड रहेको छ। यस्तो गर्ने उनी विश्वका पहिलो क्रिकेटर हुन्। अश्विनले टेस्ट क्रिकेटमा अहिलेसम्म ६ वटा शतक र १४ वटा अर्द्धशतक बनाएका छन्। यसरी उनले ३६ पल्ट ईनिंग्समा ५ विकेट हासिल गरिसकेका छन्। अश्विन आज पहिलो दिनको खेल समाप्त हुँदासम्म ११२ बल खेलेर १०२ रनमा अविजित रहे। म्याचको पहिलो दिन भारतले ६ विकेटमा ३३९ रन बनायो।