तीनधारेका दुईजना धावकद्वारा मुम्बई न्याराथनमा सहभागिता

IMG_20220822_172403.jpg

खरसाङ: खरसाङ महकुमा अन्तर्गत तीनधारेको धावक दाजु भाइद्वारा मुम्बई म्याराथनमा सहभागिता जनाएका छन्। तीनधारे १७ माइल निवासी मनिष माझी र अनिस माझीद्वारा मुम्बई हाफ म्याराथनमा सहभागिता जनाएका छन्। मुम्बईमा एनईबी स्पोट्स एथलेटिक फेडेरेसन अफ् ईण्डियाको आयोजनमा सम्पन्न मुम्बई हाफ् म्याराथनमा भाग लिएका थिए। उक्त म्याराथनमा जम्मा १३४२८ जना विभिन्न स्थानहरूबाट आएका धावकहरूले भाग लिएका थिए भने दुवै दाजु भाइले केही अघाड़ीको स्थान लिन सफल भएका छन्। दुई दाजु भाइमा मनिष माझीले १४औं स्थान ओगट्न सफल भएका छन् भने अनिस माझीले १३औं स्थान प्राप्त गरेका छन्। १३४२८ जनाले सहभागिता जनाएको मुम्बई म्याराथनमा मनिष र अनि अनिस माझीले १३औं र १४औं स्थान प्राप्त गरेर तीनधारे क्षेत्रको नामलाई राखेका छन्। दुवैले योभन्दा पहिला पनि थुप्रै स्थानहरूमा पुगेर म्याराथनमा भाग लिईरहेका छन्। यसपाली मुम्बईमा सम्पन्न मुम्बई हाफ म्याराथनमा मिरिकको प्रशान्त रहपालले चौथो स्थान ओगट्न सफल भएको पनि जानकारी प्राप्त भएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement