दार्जिलिङ: अब दार्जिलिङ अस्पतालमा आउने रोगीहरू र रोगी हेर्न आउनेहरू र अस्पतालका कर्मचारीहरूले मदपान गरेको छ छैन भनेर जाँच गरिने भएको छ। आजदेखि दार्जीलिङ अस्पतालमा जीटीएको स्वास्थ्य विभाग र दार्जिलिङ पुलिसको तत्त्वावधानमा मतपान गरेको छ छैन भनेर चेक गर्ने प्रक्रिया शुरु गरिएको छ। दार्जिलिङ जिल्ला अस्पतालमा आउने मानिसहरू र कर्मचारीहरूलाई मतदान गरेको नगरेको विषयमा जाँच गरिने भएको छ। उक्त कार्यको आजदेखि कार्य थालिएको छ। अस्पतालमा आउने रोगीहरू, रोगी हेर्न आउनेहरू र कर्मचारीहरूलाई चेक गरिने भएको छ। यस विषयमा पत्रकारहरूसित कुराकानी गर्दै जीटीएको डेपुटी चिफ् राजेस चौहानले दार्जिलिङ पुलिस प्रशासन र जीटीएको तत्परतामा अस्पतालको सुरक्षा व्यवस्था सठीक पार्न र अस्पतालमा उपचाराधीन रोगीहरूलाई सफा र स्वास्थ्य वातावरणमा उपचारको लागि यस्तो व्यवस्था गरिएको बताएका छन्। उनले अस्पताल आउँदा कसैले पनि मदपान गरेर नआईदिने अनुरोध समेत गरेका छन्।