कोलकाता: आरजी कर दुश्करम र हत्या प्रकरणमा आरोपी आरजी कर मेडिकल कलेजका पूर्व प्रिन्सिपल सन्दीप घोषको दर्ता पश्चिम बंगाल मेडिकल काउन्सिलले रद्द गरेको छ। अब उनले आफ्नो नाम अगाडि ‘डक्टर’ लेख्न पाउने छैनन्। पश्चिम बंगाल मेडिकल काउन्सिलले ६ सेप्टेम्बरमा सन्दीप घोषलाई कारण देखाउ नोटिस जारी गरेको थियो। तर, १३ दिन बितिसक्दा पनि उनको कुनै प्रतिक्रिया पाएनन्। उनको अनुपस्थितिमा दर्ता खारेज गर्ने निर्णय भएको काउन्सिलले सूचनामा स्पष्ट गरेको छ।
सन्दीप घोषलाई ८ अगस्तमा आरजी कर मेडिकल कलेजकी एक जुनियर महिला डाक्टरको दुष्कर्म र हत्याको मामलामा प्रमाणसँग छेडछाड गरेको आरोप लागेको थियो। उनीमाथि आरोप लगाउनेहरूमा एक जुनियर डाक्टर र मृतकका आमाबाबु पनि छन्। यसबाहेक आरजी कर मेडिकल कलेजमा भएको आर्थिक अनियमितताको विषयमा पनि सीबीआईले अनुसन्धान गरिरहेको छ। सन्दीप घोषलाई यसअघि आर्थिक अपराधको आरोपमा ईडीले पक्राउ गरेको थियो। हाल उनी सीबीआई रिमाण्डमा छन्। पश्चिम बंगाल मेडिकल काउन्सिलका सदस्यहरूले उनलाई कारबाही गर्न माग गरेपछि यो निर्णय गरिएको हो।दुष्कर्म प्रकरण सार्वजनिक भएपछि सन्दीप घोषले आरजी कर मेडिकल कलेजको प्रिन्सिपल पदबाट राजीनामा दिएका थिए। पछि नेशनल मेडिकल कलेजको प्रिन्सिपलमा नियुक्त भए पनि विवादपछि उनलाई स्वास्थ्य विभागको ओएसडीमा नियुक्त गरिएको थियो। हालै सीबीआईको आरोपका कारण उनी निलम्बनमा परेका छन्।