जीटीए क्षेत्रमा कार्यरत आँगनबाड़ी अनि आशाकर्मीहरुले सठीक समयमा वेतन नपाएको माकपा नेता तारा सुन्दासको आरोप

IMG-20240919-WA0344

कालेबुङ: जीटीए क्षेत्रमा कार्यरत आँगनबाड़ी अनि आशाकर्मीहरुले सठीक समयमा वेतन नपाएको आरोप माकपा नेता तारा सुन्दासले लगाएका छन्। उनले आज जीटीए क्षेत्रमा कार्यरत् आँगनवाडी कर्मीहरू र आशाकर्मीहरूको विविध समस्याहरुलाई लिएर कालेबुङमा पत्रकार सम्मेलन बोलाएर उक्त कुरा बताएका छन्। सम्मेलनलाई सम्बोधन गर्दै माकपा नेता तारा सुन्दासले आँगनवाडी कर्मचारीहरुले वेतन सठिकसित नपाएको आरोप लगाउँदै आशाकर्मीहरुको नियुक्ति प्रक्रियाबारे विविध आरोप लगाका छन्। पत्रकारहरूसित कुराकानी गर्दै तारा सुन्दासले जीटीए क्षेत्रमा कार्यरत् आँगनवाडी कर्मीहरू र आशाकर्मीहरूले सठीक समयमा वेतन नपाएको बताएका छन्। उनले आरोप लगाउँदै भने, चेयरमा बस्ने अधिकारीहरूले आफुहरू ५०-६० हजार मासिक वेतन खाएर खटिखाने कर्मीहरूको वेतनमा ढिलाई गरिदिन्छन्। फिल्डमा खट्नेहरूलाई वेतन सठीक समयमा सही रूपमा दिनुपर्छ। जीटीए क्षेत्रमा कार्यरत् आँगनवाडी कर्मीहरू र आशाकर्मीहरूको समस्याहरू धेरै छन्। उनीहरूको मांग विषयमा स्थानीय जीटीएले सुनिदिएको छैन। तर अब जीटीएले उनीहरूको समस्या चाढ़ै समाधान गरिदिनुपर्छ।’

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement