तीनवटा पक्का सड़कको निर्माण कार्यको शिलान्यास विधायक खगेश्वर रायको बाहुलीबाट समपन्न

IMG_20220822_172720.jpg

राजगञ्ज: तीनवटा पक्का सड़कको निर्माण कार्यको शिलान्यास विधायक खगेश्वर रायले गरे। गजलडोबा डेभलपमेन्ट अथोरिटीका भाइस चेयरम्यान तथा राजगञ्जका विधायक खगेश्वर रायले राजगञ्ज विधानसभा अन्तर्गत मन्तादारी र शिकारपुर इलाकामा तीनवटा पक्का सड़कको शिलान्यास गरे। सो तीनवटा सड़कको निर्माण गजलडोबा डेभलपमेन्ट अथोरिटीको आर्थिक सहयोगमा समपन्न हुनेछ। यस सम्बन्धमा खगेश्वर रायले भने, आज तीनवटा सड़कको निर्माण कार्यको शिलान्यास गरियो। मन्तादारी अञ्चलको ललिताबारीमा लगभग २४ लाख रुपियाँको लागतमा १ किमी सड़क, शिकारपुर अञ्चलको सतियापाड़ामा लगभग २५ लाख रुपियाँको लागतमा १.५ किमी सड़क र सन्न्यासीमन्दिरमा लगभग ४० लाख रुपियाँको लागतमा १.५ किमी सड़कको निर्माण कार्य शुरू गरिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement