भाजपाद्वारा दार्जिलिङमा रक्तदान शिविर

IMG-20240919-WA0324

दार्जीलिङ: दलीय शीर्षस्थ नेता तथा प्रधानमन्त्री नरेन्द्र दामोदर मोदीको ७४औं जन्म दिनको अवसरमा भाजपा युवा अनि जिल्ला समितिद्वारा रक्तदान शिविर आयोजना गरियो। स्थानीय मारवाडी सहायक समिति भवनमा सम्पन्न उक्त शिविरमा भाजपा युवा कार्यकर्ताहरूले रक्तदान गरेका भाजपा युवा सचिव सभापति निरज बान्तवाले जनाएका छन्।
शहीद दुर्गा मल्ल जिल्ला अस्पताल बल्ड बैङ्कको स्टोरेज क्षमताअनुसार अपरान्ह २ बजेसम्म रक्त दान एवं सङ्कलन गरिने बान्तवाले थप बताए। पछिल्लो ७३औं जन्मदिनको अवसर पारेर खरसाङ क्षेत्रमा यस्तो शिविर आयोजना गरिएको उनको भनाइ छ।

About Author

Advertisement