फर्जी नियुक्ति पत्रको आरोपमा दुई जना पक्राउ

IMG-20240919-WA0301

सिलगढी: फर्जी नियुक्ति पत्र लिएर काममा सामेल हुने दुई जनालाई पक्राउ गरिएको छ। उल्लेखनीय छ, उत्तर बंगाल मेडिकल कलेज एवं अस्पतालमा वर्तमानमा आरजी कर घटना र उत्तर बंगाल लबीको विरोधलाई लिएर उथल-पुथल मच्चिएको छl पुलिस स्रोतका अनुसार पक्राउ पर्नेहरुको नाम मुस्ताक अलि र इमरान अलि रहेको छ। दुवै उत्तर दिनाजपुरको रायगञ्जका बासिन्दा हुन्। उनीहरू दुवै जना बिहीबार उत्तर बंगाल मेडिकल कलेज एवं अस्पतालमा अस्पतालको वार्ड ब्वाइजको रूपमा नियुक्ति पत्र लिएर देखा परेका थिए। सूचना पाएलगत्तै मेडिकल चौकीको पुलिसले दुवैलाई पक्राउ गरेको थियो। दुवैलाई प्रारम्भिक सोधपुछपछि मुस्ताक अलिले १ लाख १० हजारको बदलामा नोकरीको पत्र पाएको पुलिसले पत्ता लगाएको छ। तर, नोकरीको नियुक्ति पत्र कसबाट पाए भन्नेबारे पुलिसले अनुसन्धान शुरु गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement