खरसाङ: खरसाङ खण्डको आयोजनामा बाघगौराको एयर फोर्स स्टेशनमा भोटर सचेतना कार्यक्रम सम्पन्न भएको छ। उक्त अवसरमा सर्विस इलेक्ट्रोरल लागि स्पेशियल भोटर सचेतना कार्यक्रम २०२४ सम्पन्न गरिएको छ। उक्त कार्यक्रमलाई खरसाङ खण्डको खरसाङ खण्ड आपदा प्रबन्धन अधिकारी एंव ईन्चार्च राजीव ठटालले सञ्चालन गरेका थिए। उनले एयर फोर्स स्टेशनमा भोटर सचेतना विषयमा सचेतना गराएका छन्। उक्त कार्यक्रममा एयर फोर्स स्टेशनको एसडब्ल्युओ निरज सिंह, डब्ल्युओ सुरेन्द्र सिंह अनि अन्य अफिसियलहरू उपस्थित रहेका थिए। उक्त भोटर सचेतना कार्यक्रम विषयमा पत्रकारहरूसित कुराकानी गर्दै राजीव ठटालले जानकारी गराउँदै ईसीआई, महकुमा शासक र खण्ड विकास अधिकारीको निर्देशनमा आज बाघगौरामा एयर फोर्स स्टेशनमा भोटर सचेतना कार्यक्रम सम्पन्न गरिएको बताएका छन्।

उनले यस भोटर सचेतना कार्यक्रममा सर्विस प्रोसेस र भोटिङ प्रोसेस कस्तो हुन्छ भन्ने विषयमा सचेतना गराइएको जानकारी गराएका छन्।









