झ्यालबाट मोबाइल चोरी

Chhetriya-Samachar

फुलबारी: चर्को गर्मीबाट बच्न मानिसहरु राति घरका झ्याल खोलेर सुतने गरदा छन्। यसैको फाइदा उठाउँदै चोरले झ्यालबाट मोबाइल चोरेका छन्। फुलबारीमा भएको यसो घटनाले क्षेत्रमा सनसनी मच्चिएको छ। घटना बुधबार राति फुलबारी–२ ग्राम पञ्चायतको पूर्वधनतला क्षेत्रमा भएको हो।
चिसो हावा पाउन, फुलबारी पूर्वधनतलाका नान्टु मजुमदार झ्याल खोलेर सुतेको बताइएको छ। यही मौकाको फाइदा उठाउँदै चोरले घरमा राखिएको मोबाइल चोरी गरेको आरोप छ। बिहान उठेपछि मोबाइल नभेटेपछि उनी घरबाट निस्किए।
झ्यालको छेउमा दुईवटा बाँस र खुट्टाको छाप देखे। त्यसपछि उनले घरमा राखेको मोबाइल चोरी भएको थाहा पाए। परिवारले एनजेपी प्रहरी चौकीमा चोरीको उजुरी दिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement