नेपाल–भारत सीमा पानीट्यांकीबाट ब्राउन सुगरसहित एकजना पक्राउ

IMG-20240919-WA0265-copy

सिलगढी: भारत–नेपाल सीमा पानीट्यांकीबाट एसएसबीले लागुऔषधसहित एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेको नाम झापा जिल्ला निवासी विजय रेक्सन (२१) बताइएको छ। खोरीबारीको भारत–नेपाल सीमा पुल क्षेत्रमा गस्तीका क्रममा एसएसबी ४१ गणका जवानले शंकास्पद युवालाई पक्राउ गरी खोजी गरेको बताइएको छ। खोजीका क्रममा अभियुक्तको साथबाट ९६ ग्राम ब्राउन सुगर बरामद भएको छ। लगत्तै एसएसबीका जवानले पक्राउ परेकालाई खोरीबारी पुलिसलाई बुझाए। पक्राउ परेका युवकले पानीटँकी बजारबाट लागुऔषध खरिद गरी नेपाल लैजाँदै गरेको प्रारम्भिक अनुसन्धानले देखाएको छ। युवकलाई आज सिलगढी डिभिजन अदालतमा पेश गरियो। खोरीबारी पुलिस चौकीले पक्राउ परेका युवकई हिरासतमा लिएर घटनाको सम्पूर्ण अनुसन्धान गर्ने भएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement