राजगञ्जमा दुर्गा पुजा कमिटीहरूलाई अनुदान चेक वितरण

201c5215-f0f2-496b-8766-d39736b73df8-1024x576

राजगञ्ज: राजगञ्जमा दुर्गा पुजाको अनुदान चेक वितरण प्रक्रिया सुरु गरिएको छ। बिहीबार राजगञ्ज पुलिसले ७२ वटा पुजा कमिटीलाई चेक प्रदान गरेको छ। स्मरण रहोस, राज्य सरकारले धेरै वर्षदेखि पुजा कमिटीहरूलाई अनुदान प्रदान गर्दै आइरहेको छ। गत वर्ष ७५,००० रुपियाँको चेक दिएको थियो भने यसपल्ट ८५,००० रुपियाँको चेक प्रदान गरिएको छ। मुख्यमन्त्री ममता ब्यानर्जीले अगाडी नै घोषणा गरे अनुसार आउने वर्ष १ लाख रुपियाँको अनुदान दिइने छ। हरेक वर्षको जस्तै यस वर्ष पनि पुजा कमिटीहरूलाई अनुदानको चेक थानाको माध्यमबाट वितरण गरियो। राजगञ्जका विधायक खगेश्वर राय र राजगञ्ज थानाका आईसी अनुपम मजूमदारको उपस्थितिमा ७२ वटा पुजा कमिटीलाई चेक प्रदान गरियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement