सिलगढी: पार्टी गतिविधिमा भाग लिन सिलगढी पुगेका सीपीएम महासचिव मोहम्मद सलीमले आज फेरि तृणमूल कांग्रेसलाई हमला गरे। उनले भने, ‘तृणमूल कांग्रेस राज्यमा महिलाहरु माथि अत्याचार जारी छ। आरजी कर प्रकरणमा पुलिस र सरकारको भूमिका शुरुदेखि नै शंकास्पद रहेको छ।‘ सीबीआईले मिनाक्षी मुखर्जीलाई बोलाएको सम्बन्धमा उनले सीबीआईले मिनाक्षीलाई समन नपठाएर सहयोगका लागि बोलाएको बताएl उनले दक्षिण बंगालमा आएको बाढीलाई लिएर केन्द्र र राज्य सरकारलाई पनि प्रहार गरे। उनले केन्द्र र राज्य सरकारको नीतिका कारण अहिले दक्षिण बंगाल समस्यामा रहेको उनको भनाइ छ। बाढी पीडितलाई जतिसक्दो चाँडो सहयोग पुर्याउन जरुरी रहेको उनले बताए।
 
								



 
								

 
															 
                     
								 
								 
															 
								 
								




