अश्विनको शतक अनि जडेजासँग अटूट पार्टनरशीपले पहिलो दिन भारतको ३३९ रन

IMG-20240919-WA0291

चेन्नई: भारतले खराब शुरुवातपछि अलराउण्डर रविचन्द्रन अश्विन र रविन्द्र जडेजाको असाधारण ब्याटिंगको सहायताले बंग्लादेशविरुद्ध पहिलो टेस्ट म्याचको पहिलो दिन ६ विकेटमा ३३९ रन बनायो। भारतले आफ्नो पहिलो ईनिंग्समा एक समय १४४ रनमा ६ विकेट गुमाइसकेको थियो। त्यहाँबाट अश्विन र जडेजाले सातौं विकेटको निम्ति ३७.४ ओभरमा १९५ रनको अटूट पार्टनरशीप गरेर बंग्लादेशको मनोबललाई तोड़्नको साथै भारतलाई असल स्कोरमा पुऱ्याए। अश्विनले टेस्ट करियरमा आफ्नो छैटौं शतक बनाए। पहिलो दिनको खेल समाप्त हुँदासम्म उनी ११२ बल खेलेर १०२ रनमा अविजित रहे। उनले १० वटा चौका र २ वटा छक्का लगाइसकेका छन्। यसरी उनलाई असल साथ दिने जडेजाले ११७ बल खेलेर अविजित ८६ रन बनाएका छन्। उनले पनि १० वटा चौका र २ वटा छक्का लगाएका छन्। यी दुई बाहेक भारतको पहिलो ईनिंग्समा ओपनर यशस्वी जयसवालले ५६ रन बनाए। उनले ११८ बल खेलेर ९ वटा चौका लगाए। बंग्लादेशका बलरहरूमाम हसन महमूदले सर्वाधिक ४ विकेट लिए। यसरी नाहिद राणा र मेहदी हसन मिराजले १-१ विकेट हासिल गरे। चेन्नईको एमए चिदाम्बरम स्टेडियममा टस हारेर पहिला ब्याटिंग गर्दै भारतको शुरुवात खराब रह्यो।

बंग्लादेशका पेस बलर हसन महमूदले आफ्नै पहिलो स्पेलमै भारतीय कप्तान रोहित शर्मा, शुभमन गिल र विराट कोहलीको साथमा रिषभ पन्तलाई आउट गरे। यसमा रोहित र कोहलीले ६-६ रन बनाए जबकि रिषभ पन्तले ३९ रनको योगदान दिए। गिल शून्य रनमा आउट भए। पहिलो ३ विकेट केवल ३४ रनमा आउट हुँदा जयसवालले पन्तसँग मिलेर चौथो विकेटको निम्ति ६० रनको पार्टनरशीप गरे। केएल राहुलले १६ रन बनाए अनि छैटौं विकेटको रूपमा आउट भए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement