महलयाअघि अवैध रुपमा राखिएको पटेका बरामद गरेर नष्ट गरियो

IMG-20240919-WA0254

 जलपाईगढी: ठूलो आवाज भएको पटेकाहरू प्रतिबन्धित गरिएको छ, त्यसैले पुलिसले अभियान चलाउँदै विभिन्न ठाउँबाट पटेकाहरू जफत गरिरहेको छ। गोप्य स्रोतबाट प्राप्त जानकारीका आधारमा पुलिसले महलयाअघि नै एउटा गोदामबाट ठूलो परिमाणमा पटेका बरामद गरेको छ। आज यी पटेकाहरू नदी किनारमा लगेर नष्ट गरियो। सो अवसरमा उच्च पुलिस अधिकृतहरुको समेत उपस्थिति रहेको थियो। पुलिस स्रोतबाट प्राप्त जानकारीका अनुसार यसअघि आवाज निकाल्ने पटेका बन्द गरिए पनि महलया अघि नै ठूलो परिमाणमा पटेका गोदाममा राखिएको थियोl पुलिसले त्यसलाई जफत गरी नष्ट गरेको छl

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement