संबिधान दिवसको क्रममा भाषण गर्दा प्रधानमन्त्री ब्दारा मेयर बालेन प्रति कटाक्ष

IMG-20240919-WA0289

भद्रपुर: प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान दिवसको भाषणमा पनि काठमांडू महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) विरुद्ध कटाक्ष गरेका छन्। लिखित भाषणमा भने ओलीले भने, ‘आज म खासगरी युवा पुस्तालाई सचेत गराउन चाहन्छु, तपाईंहरूभित्र केही गरौँ भन्ने जुन आगो बलिरहेको छ, त्यसलाई समाजमा आगो लगाउँछु भन्नेहरूबाट बचाउनुहोला। तपाईंहरूमा केही गरौँ भन्ने जुन हुटहुटी छ, त्यसलाई समाजमा हुलमुल गराउन खोज्नेहरूबाट जोगाउनु होला। समाजमा थिति बस्यो, समाज सभ्य भयो, अशिष्टहरूले मिच्न पाएनन् भने विकास त हामी गछौँ, गछौँ। सुशासन कायम त हामी गर्छौं, गर्छौं। तर, याद गरौँ, देश भाँडियो भने, अशिष्टहरूले अराजकता मच्चाउन अलिकति मात्र मौका पाए भने हामी पुस्तौँपुस्ता पछि पर्नेछौँ।’

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement