जलपाईगढी बालिका सामूहिक दुष्कर्मको शिकार

Rape-Representative-image

जलपाईगढी: आरजी कर अस्पतालमा प्रशिक्षार्थी महिला चिकित्सकमाथि भएको निर्ममतापछि राज्यभर आन्दोलन भइरहेको छ। महिलाको सुरक्षा सुनिश्चित गर्न माग गरिरहेको छ। तर पनि दुष्कर्म जस्ता घटनाहरु निरन्तर भइरहेका छन्। जलपाईगढीमा पनि एक बालिकाको सामूहिक दुष्कर्मको घटना अघि आएको छ, जसका कारण सनसनी मच्चिएको छ। पुलिसले यस घटनामा संलग्न पाँच जनालाई पक्राउ गरेको छ। समाचार अनुसार जलपाईगढी जिल्लाको मालबजार थाना क्षेत्रको एउटा चिया बगानमा पाँच युवाले मिलेर सामूहिक दुष्कर्म गरेको आरोप छ। अन्यत्र काम गर्ने बालिका बिदामा घर आएकी थिइन्। घटनाबारे पीडितकी परिवारले मालबजार पुलिस चौकीमा उजुरी दिएका छन्। पुलिसले पाँचै आरोपीलाई पक्राउ गरी आज जलपाईगढी जिल्ला अदालतमा पेश गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement