पुलिसले लुटपाटको योजनालाई विफल बनायो, पाँच जना पक्राउ

photocollage_2024919145822136-copy

सिलगढी: भक्तिनगर थानाको पुलिसले लुटपाटमा संलग्न पाँच जनालाई पक्राउ गरेको छ। भक्तिनगर पुलिसले लुटपाटको योजनालाई अगाडि बढाउनुअघि नै पाँच जनालाई पक्राउ गरेको छ। आरोपितमा सायन बर्मन, बप्पा दास, मनोज राय, सुजोय राय र कृष्णचन्द्र गोप रहेका छन्। पुलिस स्रोतका अनुसार यी पाँचजना सेभोक रोड नजिकै रहेको पीसी मित्तल बस स्ट्यान्डमा लुटपाट गर्न भेला भएका थिए। तर पुलिसले स्रोतबाट यसबारे जानकारी पाएपछि अचानक पुलिसले यस क्षेत्रमा छापा मारेर आरोपीलाई पक्राउ गरेको छ। यी व्यक्तिहरू शहरमा ठूलो डकैती गर्न लागेका थिए भन्ने पुलिसलाई थाहा भएपछि तर त्यसो गर्नुअघि नै उनीहरूलाई पुलिसले समात्यो। आज पाँचै जना अभियुक्तलाई जलपाईगढी अदालतमा पेश गरियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement