अब पुलिसको पनि निगरानी हुने, शहरका विभिन्न ठाउँमा क्युआर कोड जडान गरिने

IMG-20240919-WA0209

जलपाईगढी: जलपाईगढी जिल्ला पुलिस अधिकारीहरूले अब पुलिस एप मार्फत पुलिस कर्मचारीहरूलाई ‘निगरानी’ गर्नेछन्। जलपाईगढी शहरको बजार, सपिङ मल, बस स्ट्याण्ड, अस्पताल पार्कलगायतका १८५ स्थानमा जहाँ पुलिसहरू ड्युटीमा छन्, उनीहरूले आफ्नो ड्युटी राम्ररी निभाइरहेका छन् वा छैनन् भन्ने कुरा एपमार्फत निगरानी गरिने छ। यो प्रक्रिया पूरा गर्न, एपको क्युआर कोडहरू जलपाईगढी शहरमा जताततै स्थापना भइरहेको छ। ती क्षेत्रमा पुलिसको मोबाइल भ्यान पुग्ने बित्तिकै पुलिसले आफ्नो मोबाइल फोनबाट क्यूआर कोड स्क्यान गर्नेछ। एक मोबाइल सन्देश तुरुन्त सम्बन्धित पुलिस चौकी र पुलिस अधिकारीहरूमा पुग्छ। जिल्ला पुलिस अधिकारीहरुले उक्त म्यासेज मार्फत पुलिस भ्यानको स्थान सजिलै थाहा पाउन वा बुझ्न सक्नेछन्। जलपाईगढी जिल्लाका अतिरिक्त पुलिस अधीक्षक शौवनिक मुखोपाध्यायले भने कि मोबाइल एप क्युआर कोड जलपाईगढी शहरमा १८५ महत्त्वपूर्ण स्थानहरूमा स्थापना गरिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement