दार्जीलिङ पहाडमा एक स्वच्छ परिवेश रहेको छ। यहाँको जलवायुदेखि लिएर यहाँका खोला नाला डाँडा काँडा सबै स्वच्छ रहेको छ। यस्तै नै यहाँको मानिसहरूको मन पनि एकदमै स्वच्छ र निर्मल रहेको छ। कसैलाई दु:ख परे यहाँका मानिसहरू हेरी रहँदैनन्, बरु सहयोग गर्नको निम्ति अघि सरि हाल्छन्, त्यस समय उनीहरूले पछिल्ला रिस आरिस सबैलाई भुलेर दुश्मनलाई पनि परेको बेलामा सहयोग गर्न पुग्छन्। आजको समयमा सुखमा साथ दिने मानिसहरू त धेरै देखिन्छन्, तर दुःख परेको समयमा धेरै कम मानिसहरू मात्रै सहयोगी बन्न पुग्छन्।

तर दार्जीलिङ पहाडमा त्यसको ठीक विपरीत कुरा देख्नसक्छौ किनकी यहाँका मानिसहरूले सुखमा त साथ दिने नै गर्दछन्, तर दुःखमा पनि यहाँका मानिसहरूले सुखमा भन्दा अझ दोब्बर रूपमा सहयोग गर्ने गर्दछन्। यसैले यस दार्जीलिङ पहाडमा सहयोगी मनहरु धेरै छन् कसैले प्रत्यक्ष रूपमा मानिसहरूलाई सहयोग पुर्याएका छन् भने कसैले परोक्ष रूपमा यहाँका मानिसहरूले सहयोग पुर्याएका छन् त कसैले विभिन्न गैर सामाजिक संस्थाहरूबाट पनि सहयोग पुर्याउने कार्य गरिरहेका छन्। दार्जीलिङ पहाडी भेकमा विभिन्न प्रकारका गैर सरकारी संगठनहरू छन् जसले यहाँका मानिसहरूलाई धेरै प्रकारले सहयोग गर्दै आइरहेका छन्। त्यस्तै एउटा समूह दार्जीलिङमा रहेको छ जुन समूहले पनि यहाँका स्थानीय मानिसहरूलाई र विद्यार्थीहरुलाई सहयोग पुर्याउने कार्यहरू गर्दै आइरहेका छन्l यस समूहमा सबै युवाहरू छन् अनि सबै नै जोशिला छन्l यस समूहको नाम हो ‘आवर किड्स आवर फ्यूचर’। हुन त यो समूह सञ्चालनमा आएको धेरै भएको छैन, यस समूह सञ्चालनमा आएको दुई महिना पनि राम्रो भएको छैन, तर यति कम समयको अन्तरालमा नै यस समूहले धेरै कार्यहरू गर्दै धेरै मानिसहरूको मन् जित्न सफल भएको छ। आजको दिनमा धेरै साना साना बालबालिकाहरुलाई पनि घातक भन्दा घातक रोग लाग्ने सम्भावना हुन्छl ती घातक रोगले पीडित नानीहरूको आमाबाबु सम्पन्न भए त उनीहरूलाई सजिलैसित उपचार गर्न सक्छन्l तर बिरामी लागेका केही नानीहरू सुविधादेखि वञ्चित रहन पुग्छन्l
यस्तै बालबालिकाहरू जसलाई धेरै प्रकारको घातक रोग लागेको हुन्छ उनीहरूलाई यस समूहले सहयोग गर्दै आइरहेको छl उदहरणको रूपमा दार्जीलिङको सोनादा निवासी एक १२ वर्षीय बालिकालाई आईबीडीजस्ता घातक रोग लागेको छ, र १२ वर्षको उमेर पुगेको कलिलो शरीरलाई उक्त बिरामी थाम्न धेरै गार्हो परेको हुनाले डाक्टरहरुले ती नानीको अवस्था गम्भीर रहेको बताएका छन्l हालमा ती नानीको उपचार दक्षिण भारतको सीएमसी अस्पतालमा चलिरहेछ, र परिवारको आर्थिक अवस्था निक्कै कमजोर भएको हुनाले यस समूहले आर्थिक रूपले सहयोग प्रदान गर्ने कोशिश गरिरहेको छl यस क्रममा उक्त समूहले बिरामीको निम्ति सहयोगी हातहरू खोज्ने काम गरिरहेको छ, र सहयोग राशि जुटाउने कार्यहरू पनि गरिरहेको छ। यससँगै दार्जीलिङ स्थित गिङ् चियाबारी निवासी एक वृद्ध मानिस जो हिँड्न डुल्न पनि सक्दैनन् र आँखा पनि पूर्ण रूपले देख्न सक्दैनन् र उनको पत्नी पनि आफ्नो बिरामी पतिलाई नै दिनभरि स्याहार्न पर्ने हुनाले घरमा कमाउने मान्छे कोही नरहेको हुनाले उनलाई पनि यस समूहले धेरै सहयोग गरिरहेका छन्। गिङ् चियाबारीकै अर्को एक बिरामी नानी जो जन्मदेखि नै हिँड्न र बोल्न सक्दैनन् तर ती नानीले अरु नानीहरू झै स्कूल जान मन गर्दछन्l अरु नानीहरू झै खेल्न र कुद्न मन गर्दछन्, तर उनको शारीरिक अवस्था असल नभएको कारणले गर्दा र परिवारको आर्थिक अवस्था त्यत्ति असल नभएकोले गर्दा उनलाई पनि केहि हदसम्म सहयोग गर्दै आइरहेका छन् यस समूहले। यसै गरी बिजनबारी निवासी स्कूल जाने एक जना बालिका जसलाई पढ्न त धेरै मन छ, तर उनको पनि आर्थिक अवस्था असल नभएको कारणले गर्दा स्कूल गएर पढ्न अलिक समस्या परिरहेको छl ती नानीलाई पनि यस समूहले सहयोग पुर्याउने कोशिश गर्दै आइरहेको छ।
यसरी बिरामी र विपन्न परिवारहरूलाई सहयोग पुर्याउने काम गर्दै यस समूहले विभिन्न विद्यालयहरुमा गएर अहिलेको जल्दो बल्दो समस्या मोबाइल बारे जागरूकता ल्याउने कोशिश गरिरहेको छl जस्तै आजको दिनमा विशेष गरी विद्यार्थीहरुले मोबाइल फोनको सदुपयोग भन्दा धेरै दुरूपयोग गरिरहेको छ र मोबाइल फोनको प्रयोग धेरै गरे यसले विद्यार्थीहरूको शरीरमा कतिको हानि पुर्याउने काम गर्छ त्यस बारे पनि धेरै जनचेतनामूलक कार्यहरू यस संस्थाले गरिरहेको छ। विगतमा यस संस्थाले दिव्य ज्योति अकादमी सोनादा दार्जीलिङमा यस कार्यक्रम गरेको थियो जसमा त्यहाँका विद्यार्थी र त्यहाँका शिक्षकहरुलाई मोबाइलको सदुपयोग र दुरुपयोग बारे धेरै कुराहरु सिकाएका थिए। त्यसपछि दार्जीलिङ स्थित गिंग चियाबारी स्थित साई ग्रेस अकादमी विद्यालयमा पनि विद्यार्थीहरू माझ यस प्रकारको कार्यहरू गरेका थिएl यस विद्यालयमा विद्यार्थी र शिक्षकहरुसँगै विद्यार्थीका अभिभावकहरुलाई पनि मोबाइल फोन बारे धेरै कुराहरु सिकाएका थिएl मोबाइल फोनबाट हुने लाभ हानि सबै कुराहरू त्यहाँका अभिवाक हरुलाई पनि समेटेर त्यस विद्यालयमा कार्य गरेका थिए। यससँगै दार्जीलिङ स्थित दार्जीलिङको स्थानीय च्यानल हिमाली च्यानलमा यस समुहका सदस्यहरूलाई लिएर एउटा अन्तरवार्ता पनि लिएको थियो। यससँगै दार्जीलिङ स्थित एउटा संस्था दार्जीलिङ फुटबल एकाडेमी ले यस संस्थालाई सम्मान पनि जनाएको थियो र यस संस्थालाई केही सहयोग राशि पनि प्रदान गरेको थियो। यस संस्थाको आगामी कार्यक्रमहरु बारे कुरा गर्नु पर्दा दार्जीलिङको नै एउटा स्कूल ‘स्यालभेसन आर्मी स्कूल फर डेफ’ स्कूलमा जुन स्कूलमा बोल्न नसक्ने विद्यार्थीहरुलाई पढाउने गरिन्छ त्यस स्कूलमा कार्यक्रम गर्ने योजना रहेको छ र यस समूहको उद्देश्य दार्जीलिङमा मात्रै कार्य गर्ने नभएर आउने दिनहरुमा सिक्किम, कालेबुङ, खरसाङ र डुवर्सका ठाउँहरुमा पनि कार्य गर्ने योजना रहेको छ।
यस समूहको सदस्यहरू बारे कुरा गर्दा म लेखक स्वयं पनि यस समूहको सदस्य भएको हो, यससँगै यस समूहको संस्थापक सत्यदीप राई रहेका छन् जसले जवाहारलाल नेहरु विश्वविद्यालयबाट एमसीएसम्मको अध्यन गरेका छन् र सामाजिक कार्यहरूसँग साहित्यिक कुराहरुमा उनको रुचि रहेको छ। यससँगै यस समूहको अर्को युवती सदस्या सुश्री निवेदिता खालिङ रहेकी छिन् उनले काशी हिन्दू विश्विद्यालयबाट स्नातकोत्तर सम्मको अध्ययन गरेकी छिन् र उनले उक्त विश्वविद्यालयबाट स्वर्ण पदक सम्म प्राप्त गरेकी छिन् साहित्यिक, सामाजिक र आध्यात्मिक क्षेत्रमा उनको धेरै राम्रो दखल रहेको छ, यस समूहको तेस्रो सदस्य अञ्चल राई रहेका छन् उनी नेपाली विषयमा अहिले दार्जीलिङ सरकारी महाविद्यालयबाट स्नातकोत्तरको अध्ययन गरिरहेका छन् र उनी यस समूहको सबै भन्दा कान्छो सदस्य रहेको छ नम्र, मिष्ट भाषी र आफ्नो अग्रजहरु बाट धेरै कुराहरु सिक्न चाहने स्वाभाव उनको रहेको छ, यस समूहको चौथो सदस्यको नाम बिनु छेत्री रहेको छ उनको बारेमा कुरा गर्नुपर्दा उनले पनि नेपाली विषय लिएर अध्यन गरेकी छिन् र उनले पनि उनी एक सशक्त व्यक्तित्वका धनी छिन् आफूले पाएको काम लाई उनले पूर्ण इमान्दारी साथ गर्ने उनको असल स्वभाव रहेको छ साहित्य सेवा, समाज सेवासँग सँगैमा उनी एक पशुप्रेमी हुन् र आफ्नो घरमा उनले धेरै घरेलु पशुहरूलाई आश्रय दिएका छन्। यस सँगै यस संस्थाको पाँचौ सदस्यको नाम प्रियंका शर्मा हुन उनले सिक्किम विश्वविद्यालयबाट समाजशास्त्रमा स्नातकोत्तर सम्मको अध्ययन गरेकी छिन्। समाजशास्त्रमा अध्यन गरेको हुनाले उनले समाजलाई धेरै असल रूपमा बुझ्ने गर्छिन् त्यसैले त उनी यस समूहमा पनि दिलो ज्यान दिएर कार्य गर्छिन् सामाजिक कार्यहरु सँगसंगैमा उनले आध्यात्मिक क्षेत्रमा पनि धेरै कार्यहरू गर्ने गर्छिन्। यस समूहमा मलगायत अन्य पाँच सदस्यहरू जोडेर जम्मा ६ जानाको सदस्य यस समूहमा रहेको छ र यस समूहमा भएको प्रत्येक सदस्यहरुले आफ्नो समाजलाई नकारात्मक बाटोदेखि सकारात्मक बाटोमा दोहोर्याउनको निम्ति पूर्ण चेष्टा गर्ने गर्दछन्। यस समूह बारे अधिक बुझ्नको निम्ति सत्यदिप राईलाई ८३२७२७१९५३ मा सम्पर्क गर्नसक्नुहुनेछ।









