कालेबुङ: छैटौं अनुसूचीको संसोधित बीललाई केन्द सरकारले संसदमा चाढो पारित गरिनुपर्छ भन्दै कालेबुङ शहरना पोस्टरिङ गरिएको छ।
पिपल्स फोरमले उक्त माग गर्दै आज कालेबुङ शहरमा पोस्टरिङ गरेको हो। फोरमका महासचिव प्रविन गुरुङको अगुवाईमा गरिएको पोस्टरिङछि
गुरुङले पत्रकारहरुसित बोल्दै छैटौं अनुसूचीको औचित्य अनि यस मागलाई लिएर आगामी संसदको शितकालीन सत्रमा दिल्लीमुखी कार्यक्रम गर्ने योजना रहेको बताएका छन्। गुरुङ अझ भने ” लद्दाखले पनि छैटौं अनुसूचीको माग गरिरहेको छ अनि आगामी शीतकालीन सत्रमा लद्दाखको एउटा टोलीसित आफुहरु पनि दिल्ली गएर केन्द्रीय मन्त्रीहरूलाई भेट गर्ने कार्यक्रम रहेको छ।