सम्थार: सम्थार स्पोर्ट्स एसोसिएशनको तत्त्वावधानमा हुने छेडुप लामा स्मृति सम्थार गोल्ड कप आमन्त्रणी फूटबल टुर्नामेण्ट ३ अक्टोबरदेखि शुरु हुनेछ। आयोजक समितिले बिहीवार टुर्नामेण्टको आधिकारिक फिक्स्चर जारी गऱ्यो। सम्थार खेल मैदानमा हुने यस टुर्नामेण्टमा जम्मा १६ वटा अग्रणी टीमहरूले हिस्सा लिनेछ। उद्घाटन म्याचमा ब्राइट स्पोर्टिंग क्लब, सिलगढ़ी र ग्लेनबर्न युनाइटेडबीच भिड़न्त हुनेछ। टुर्नामेण्टको दुईवटा सेमिफाइनल २३ र २५ अक्टोबरमा हुनेछ। यसरी फाइनल २७ अक्टोबरमा खेलिनेछ। यस सेभेन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।