बजरंग पूनियाको नाम नाडा-को निलम्बित खेलाड़ीहरूका सूचीबाट बाहिर

IMG-20240919-WA0190

नयाँ दिल्ली: ओलम्पिक वदक विजेता पहलवान बजरंग पूनियाको नाम राष्ट्रिय डोपिंग रोधी एजेन्सी (नाडा)-द्वारा निलम्बित एथलीटहरूका ताजा सूचीमा सामेल छैन। हालै कंग्रेस पार्टीमा सामेल हुने बजरंगको नाम गत सूचीमा सामेल थियो। नाडाले २३ जूनमा टोक्यो ओलम्पिकमा काँस्य पदक विजेता पहलवानलाई निलम्बित गरेको थियो कारण १० मार्चमा सोनीपतमा भएको चयन ट्रायल्सको अवधि उनले आफ्नो मूत्र नमूना दिन अस्वीकार गरेका थिए। त्यसपछि खेलको वैश्विक सञ्चालन संस्था युनाइटेड कुश्ती विश्व (यूडब्ल्यूडब्ल्यू)-ले पनि उनलाई निलम्बित गरेको थियो। बजरंगले यस अस्थायी निलम्बनविरुद्ध अपील गरेका थिए अनि एडीडीपी-ले ३१ मईमा त्यसलाई रद्द (नाडाले आरोपको नोटिस जारी नगरेसम्म) गरेको थियो। यसबीच एशियन गेम्सकी काँस्य पदक विजेता शट् पूट एथलीट किरण बालियानलाई प्रतिबन्धित पदार्थको जाँचमा पोजिटिभ पाइएपछि नाडाद्वारा अस्थायी रूपले निलम्बित गरिएको छ। गत वर्ष एशियन गेम्समा महिलाहरूकी शट् पुट स्पर्धामा पदक जित्ने केवल दोस्रो भारतीय बन्ने किरणको नमूनामा मेण्टाडाईनोन पाइएको छ। यस मामिलामा दोषी साबित भए उनीमाथि अधिकतम ४ सालको प्रतिबन्ध लाग्न सक्छ।
साल २०१४-को इञ्चियोन एशियन गेम्समा काँस्य पदक जित्ने शट् पुट एथलीट मञ्जु बालाको नाम पनि यस सूचीमा रहेको छ। उनलाई स्टेराइड डाईहाइड्रोक्लोरोमिथाइल टेस्टोस्टेरोन र लिगाण्ड्रोल (एसएआरएमएस एलजीडी-४०३३)-को पोजिटिभ पाइएको छ। यस साल फेडरेशन कपमा रजत पदक जित्ने शालिनी चौधरीलाई पनि मेटाण्डाईनोनको पोजिटिभ पाइएको छ। लामो दूरीकी धावक छवि यादवलाई पनि एउटा एनाबोलिक एण्ड्रोजेनिक स्टेरोइड ड्रोस्टानोलोनको पोजिटिभ पाइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement