रिकी पण्टिंग ४ सालको निम्ति पञ्जाब किंग्सको मुख्य प्रशिक्षक नियुक्त

IMG-20240918-WA0259

नयाँ दिल्ली: अष्ट्रेलियाका पूर्व कप्तान रिकी पण्टिंगलाई आउँदो ४ सालको निम्ति पञ्जाब किंग्सको मुख्य प्रशिक्षक नियुक्त गरियो। उनले यस आईपीएल फ्रेञ्चाइजीमा आफ्नै देशका ट्रेवर बेलिसको स्थान लिनेछन् । पण्टिंग ७ सालसम्म दिल्ली क्यापिटल्सको हिस्सा रहेपछि पञ्जाब किंग्समा सामेल भएका छन् । पण्टिंगले मंगलवार अनुबन्धमा हस्ताक्षर गरेका छन् अनि यो ४ सालको रहनेछ । उनलाई टीम तयार गर्न यति समयको आवश्यकता पर्नेछ । रहल सहयोगी स्टाफलाई लिएर फसेला पण्टिंगले गर्नेछन् । यस साल आईपीएलमा पञ्जाब किंग्स नवौं स्थानमा रहेको थियो । टीमले २०१४ पछि प्लेअफ्-मा स्थान बनाउन सकेको छैन । पण्टिंगको आईपीएल यात्रा २००८-को शुरुवाती सीजनमा कलकत्ता नाइट राइडर्ससँग एकजना खेलाड़ीको रूपमा भएको थियो। उनी पछिबाट मुम्बई इण्डियन्समा सामेल भएका थिए, जहाँ उनले २०१३-को मध्य सत्रमा कप्तानी छोड़ेका थिए । उनले मुम्बई इण्डियन्समा पनि मेण्टोर र मुख्य प्रशिक्षकको भूमिका निर्वाह गरेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement