दक्षिण अफ्रिकाविरुद्ध अफगानिस्तानको रेकर्ड जीत

IMG-20240919-WA0145

शारजाह: लड़ाकू अफगानिस्तानले क्रिकेट जगतमा उलटफेरको क्रम जारी राख्दै यसपाली दक्षिण अफ्रिकालाई स्तब्ध बनायो। शारजाह क्रिकेट स्टेडियममा खेलिएको वनडे सीरीजको पहिलो म्याचमा अफगानिस्तानले शक्तिशाली दक्षिण अफ्रिकालाई ६ विकेटले पराजित गऱ्यो। यस जीतको साथै एशियाली देशले ३ वटा म्याचको सीरीजमा १-०-को बढ़त हासिल गऱ्यो। सेतो बलको प्रारूपहरूमा गत ११ महिनामा ईंग्ल्याण्ड, पाकिस्तान, श्रीलंका, न्यूजील्याण्ड र अष्ट्रेलियालाई पराजित गरिसकेको अफगानिस्तानले बुधवार राति दक्षिण अफ्रिकाविरुद्ध पनि असाधारण प्रदर्शन गऱ्यो। यो अफगानिस्तानको विश्व कपहरूदेखि बाहिर दक्षिण अफ्रिकाविरुद्ध पहिलो जीत पनि हो। म्याचमा टस जितेर पहिला ब्याटिंग गर्दै दक्षिण अफ्रिकी टीम ३३.३ ओभरमा केवल १०६ रन बनाएर अलआउट भयो। अफगानिस्तानका युवा पेस बलर फजलहक फारुकी र अफ् स्पिनर अल्लाह मोहम्मद घजनफारले पहिलो १० ओभरमै विपक्षी टीमलाई घुँड़ा टेक्न वाध्य गरे। दक्षिण अफ्रिकाले पहिलो १० ओभरमा ३६ रनमै ७ विकेट गुमाइसकेको थियो। त्यसपछि सातौं नम्बरमा ओर्लिएर विआन मुल्डरले ५२ रन बनाएर टीमको सम्मान बचाए। मुल्डरले ८४ बल खेलेर ५ वटा चौका र एउटा छक्का लगाए। अफगानिस्तानका बलरहरूमा फारुकीले ४ र घजनफारले ३ विकेट लिए। यसरी राशिद खानले पनि २ विकेट हासिल गरे। त्यसपछि अफगानिस्तानको पनि शुरुवात असल रहेन तर टीमले पछिबाट धैर्यको साथ खेल्दै २६ ओभरमा ४ विकेट गुमाएर १०७ रनको लक्ष्यलाई हासिल गऱ्यो। एक समय ६० रनमा ४ विकेटको पतन भए पनि अजमतुल्लाह ओमारजई (अविजित २५ रन) र गुलबदीन नईब (अविजित ३४)-ले पाँचौं विकेटको निम्ति ४७ रनको अटूट पार्टनरशीप गरी अफगानिस्तानलाई यादगार जीत दिलाए। ओमारजईले ३६ बल खेलेर २ वटा छक्का लगाए। यसरी नईबले २७ बल खेलेर ३ वटा चौका र २ वटा छक्का लगाए। दक्षिण अफ्रिकी बलरहरूमा ब्योर्न फर्चुइनले २ विकेट लिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement