ब्राइट फ्युचरका प्रिन्सिपल ढकाललाई राष्ट्रिय शिक्षा पुरस्कार

IMG-20240919-WA0103

भद्रपुर: शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले यस वर्षको पुरस्कार, विभुषण र विद्यापदक पाउनेहरूको सूची सार्वजनिक गरेको छ।
जस अनुसार मोरङको सुन्दरहरैचा नगरपालिका ८ स्थित सलकपुरमा रहेको ब्राइट फ्युचर सेकेन्डरी स्कुलका संस्थापक प्रिन्सिपल टिकाराम ढकालले राष्ट्रिय शिक्षा पुरस्कार पाउने भएका छन्।
नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले राष्ट्रिय शिक्षा दिवसको अवसरमा प्रदान गर्दै आएको राष्ट्रिय शिक्षा पुरस्कार निजी विद्यालय तर्फ फ्युचरका संस्थापक प्रिन्सिपल ढकाललाई राष्ट्र शिक्षा दिवस २०२४ को अवसरमा प्रदान गरिएको हो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement