सिक्किम नेवार गुठीकाे राज्यस्तरीय इन्द्रजात्रा पर्व पालन

n63144764417266847780074038dd4afb5ab15d3e8146903bf58eefbddd573823b3c172d6599beb9008d614

गान्तोक: सिक्किम नेवार गुठीले मंगलवार राजधानी राज्यस्तरीय इन्द्रजात्रा पर्व पालन गऱ्यो। पहिलो चरणमा बिहान भानु उद्यानमा पारम्परिक पूजा अर्चना सम्पन्न गरियो, जसमा राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङ सहभागी बने।
यसपछि, भानु उद्यानबाट शोभायात्रा निकालियो, जुन तिब्बत पथ, एमजीमार्ग हुँदै मनन केन्द्रमा आएर समापन भयो। यस यात्रा मुख्यमन्त्री तामाङले पनि सहभागिता जनाएका थिए।
दोस्रो चरणको कार्यक्रम मनन केन्द्रमा सम्पन्न भयो, जहाँ मुख्यमन्त्री प्रेमसिंह तामाङ मुख्य अतिथिकोरूपमा उपस्थित रहेका थिए। कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री तामाङले एसकेएम पार्टी सरकारमा आएपछि कुनै पनि जातीय संगठनले आफ्नो जातिय पर्व पालन गर्नको निम्ति चिन्ता गर्नु नपर्ने स्थिति सरकारले सृजना गरेको बताए। सरकारले सबै समुदायको पर्वलाई मनाउनको निम्ति आर्थिक सहयोग प्रदान गर्दै आइरहेको उनले अवगत गराए। कुनै पनि पर्व पालन गर्नको निम्ति आर्थिक समस्याको खाँचो रहने गर्दछ, तर वर्तमान सरकारले सबै जातिको पर्वलाई पालन गर्नको निम्ति आर्थिक सहयोग प्रदान गर्दै आइरहेको बताए।
उनले यसपाली जातीय समीकरणका कारण नेवार समुदायका प्रतिनिधिलाई मन्त्री पद प्रदान गर्न नसकिएको बताए। तर नेवार समुदायको निम्ति आफू नै मन्त्रीकोरूपमा काम गर्ने पनि उनले घोषणा गरे। सबै समुदायले आफ्नो जातिको भाषा, संस्कृति र परम्परालाई संरक्षण गर्नको निम्ति सरकारले सबै प्रकारको सहयोग प्रदान गर्ने बताउँदै यसको निम्ति युवाहरू अघि आउनु पर्ने उनले आग्रह गरे। आफ्नो जातिको भेषभुषा, भाषा बोल्नको निम्ति कसैले पनि हिचकिचाउनु नहुने उनले बताए।
सरकारको तर्फबाट कुनै पनि जातिलाई सहयोग गर्नको निम्ति सरकार पछि नपर्ने पनि उनले वचन दिए। राज्यमा बसोबासो गर्न सबै जातिको पर्वलाई सिक्किमको पर्वकोरूपमा पालन गर्नको निम्ति सरकारले पहल गर्दै आइरहेको उनले अवगत गराए। अबोप्रान्त सिक्किममा आउने कुनै पनि केन्द्रिय मन्त्रीहरूको निम्ति राज्यको सबै जातिको पारम्पारिक खाद्य उपलब्ध गराउने पनि मुख्यमन्त्री तामाङले घोषणा गरे। उनले नेवार समुदायका विद्यार्थीहरूलाई आफ्नो भाषामा अध्ययन गर्नको निम्ति प्रेरित गर्नुपर्ने आग्रह गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement