सिटिजन एक्सन पार्टीले गऱ्यो मुख्यमन्त्रीको बयानको तीव्र विरोध

sentinelassam-english_2024-03_5240f6c7-2e2d-4de2-b461-31c59ed40e3c_images___2024_03_28T124243_126

गान्तोक: सिटिजन एक्सन पार्टी सिक्किमले मुख्यमन्त्री प्रेमसिंह तामाङको त्यस बयानको तीव्र विरोध जनाएको छ जसमा मुख्यमन्त्रीले सिटिजन एक्सन पार्टीको अस्तित्वमाथि प्रश्न उठाएको थियो।
सिटिजन एक्सन पार्टीले मुख्यमन्त्रीको उक्त बयानलाई सस्तो, आधारहीन र जनतालाई भुल्याउने उद्देश्यले गरिएको बयान ठहर गरेको छ।
उल्लेखनीय छ, राजधानीमा हिजो आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री तामाङले सिटिजन एक्सन पार्टी नाम नलिई पॉंच प्रतिशत पनि भोट प्राप्त गर्न असफल अस्तित्वहीन विपक्षी रहेको आसय व्यक्त गरेका थिए। सिटिजन एक्सन पार्टीले सरकारलाई दिएको ७२ घण्टाको अल्टिमेटमको प्रतिउत्तरमा मुख्यमन्त्रीले उक्त प्रतिक्रिया दिएका थिए।
सिटिजन एक्सन पार्टीले आज जारी प्रेस विज्ञप्तिमा मुख्यमन्त्रीको उक्त बयानको विरोध जनाउॅंदै भनेको छ, ‘चुनाउमा प्राप्त भोट प्रतिशतले कुनै पनि पार्टीको महत्त्व वा वैधता मापन गर्न सक्दैन। सत्य कुरा के हो भने ४२ प्रतिशत सिक्किमे नागरिकले विपक्षी पार्टीलाई २०२४ को मत खसालेका छन्। लोकतन्त्रमा हरेक दललाई आफ्ना सवाल राख्न र जनताको पक्षमा बोल्न अधिकार छ। हाम्रो उद्देश्य सधैं जनताको हकहितको रक्षा गर्नु हो, र कर वृद्धि, कर्मचारी तलब, र स्थानान्तरण जस्ता गम्भीर मुद्दामा सरकारलाई जवाफदेही बनाउनु हाम्रो कर्तव्य हो।’
सिटिजन एक्सन पार्टीले अघि भनेको छ, ‘मुख्यमन्त्रीको यस्तो अपमानजनक र गैरजिम्मेवार टिप्पणीले सरकारको कमजोर मानसिकता र आलोचना सहन नसक्ने चरित्रलाई उजागर गरेको छ। हामी जनताको आवाजलाई बेवास्ता गर्न दिनेवाला छैनौं, र सिटिजन एक्सन पार्टी सधैं सत्य र न्यायका पक्षमा लडिरहनेछ।’

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement