गान्तोक: राज्यपाल ओम प्रकाश माथुर अनि मुख्यमन्त्री प्रेम सिंह तामाङ र उनकी धर्मपत्नी कृष्णा राईले चुकलाखाङमा आयोजित पाङ ल्हाब सोल पर्वमा सहभागिता जनाए। यस अवसरमा आयोजक समितिको पहलमा छाम नृत्य पनि प्रस्तुत गरिएको थियो। धर्म विभागका मन्त्री सोनम लामा, पूर्व राज परिवारका सदस्य लगायत चुकलाखाङ ट्रस्टका सदस्यहरूले स्वागत जनाएका थिए। कार्यक्रममा राज्यपालले राज्यवासीको शान्ति,एकता र समृद्धिको निम्ति प्रार्थना गर्दै आशिर्वाद ग्रहण गरे।